काठमाडौं । विपद् जोखिम न्यूनीकरण गर्न सुशील केडिया सेवा फाउण्डेशनले उपत्यका प्रहरी कार्यलयलाई उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ । जसमा रबर बोट, लाइफ ज्याकेट, बुटलगायत अत्यावश्यक सामग्रीहरू छन् ।
रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यलयमा कार्यालय प्रमुख एआईजी टेकबहादुर तामाङको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेशनका अध्यक्ष सुमित केडियाले सो सामग्री वितरण गरेका हुन् ।
विपद्को कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षहरूको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी तामाङले बताए ।
कार्यक्रममा भौगोलिक हिसाबले काठमाडौं बाण्ी–पहिरोको जोखिम क्षेत्र रहेको अनि यसका निमित्त सुशील केडिया सेवा फाउण्डेशनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरिकहरूको जीवन सुरक्षाका लागि सामग्री वितरण गरेको फाउण्डेशनका अध्यक्ष सुमित केडियाले बताए । आगामी दिनहरूमा पनि यस्तो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनको थियो ।
नागरिकहरूको जिउधनको सुरक्षा गर्ने र स्वयम् नागरिकहरूलाई सचेत गराउने उद्देश्यसहित उपत्यका प्रहरी कार्यलयले सो कार्यक्रम सञ्चालन गरेको हो ।
विपद् व्यवस्थापनका लागि स्वयमसेवकहरूसँगको सहकार्यमा तालिम दिने र उद्धार सामग्रीका लागि विभिन्न सङ्घसंस्थाहरूसँग समेत समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यलयका प्रहरी तामाङले बताए ।
FACEBOOK COMMENTS