काठमाडौँ । रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चैबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
रमेश बीजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गरेका हुन् । गण्डक क्षेत्रको प्रचलित मौलिक लयमा आधारित गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ एचबीएन किस्मतले गरेका छन् । साथै वान डीबी एचडीमा अडिओ निर्माण भएको गीतको रेकर्डिङ राज खड्काले गरेका हुन् ।
करन चौसिर छायाकार रहेका यो गीतको भिडिओको छायाङ्कन तनहुँ भानुचोकका विभिन्न स्थानमा गरिएको छ । भिडिओको सम्पादन अमृत चापागाईंले र शृङ्गार कविता तोलाङ्गीले गरेका हुन् ।
पूर्ण परियारको निर्माण, रेशम निर्दोषको निर्देशन रहेको म्युजिक भिडिओमा रेशम निर्दोष, जुना गुरूङ, पूर्ण परियार र सीता परियारको अभिनय छ । बागलुङ्गे कोइलीका उपनामले परिचित सीता परियारका प्रत्यक्ष दोहोरी र अन्य गीतलाई दर्शक र स्रोताले मन पराएका छन् ।
नेपाली गीतसङ्गीतको विभिन्न विधामध्ये पञ्चैबाजा, नौमती बाजा पनि एक हो । विशेषगरी विवाहलगायतका शुभकार्यमा गुञ्जिने यो गीत पछिल्लो समय भोज, पार्टी र उत्सव तथा महोत्सवमा पनि बजाउने चलन छ ।
FACEBOOK COMMENTS