काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलास अन्तिम फैसलामा व्याख्या हुने भन्दै अन्तरिम अस्वीकार गरेको हो ।
सर्वोच्चको निर्णयसँगै आगामी फागनुमा हुने प्रतिनिधिसभा निर्वाचनमा चौधरी उम्मेदवार नहुने भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
FACEBOOK COMMENTS