काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टीसँगको एकता रोकिएको छ ।
एकता घोषणाका लागि कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रम सुरु हुनुअगावै आज बुधबार मध्याह्न चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर प्रहरीले डिल्लीबजार कारागार पठाएको छ ।
यससँगै पार्टी एकता अनिश्चितकालका लागि स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिए ।
प्रतिनिधिसभामा ६ सांसद भएको जनमत र ४ सांसद भएको नाउपाबीच आज पार्टी एकता भएर नागरिक जनमत पार्टी बन्ने तय थियो ।
तर, प्रहरीले पुरानो मुद्दाको फैसला कार्यान्वयनका लागि भन्दै चौधरीलाई पक्राउ गरेपछि पार्टी एकता कार्यक्रम स्थगित भएको हो ।
टीकापुर घटनामा सर्वोच्च अदालतले कारागाभित्रै राख्नु भनेर दिएको पछिल्लो आदेशअनुसार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्–
जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी
FACEBOOK COMMENTS