काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् । उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा लिइएको छ ।
साथै, सर्वोच्चले रेशमलाई रिहा गर्न प्रहरीलाई अर्को पत्र पठाएको छ । रेशमलाई पक्राउ गर्न सर्वाेच्चले लेखेकाे भनिएकाे पत्र नै आधिकारिक नभएको खुलेको छ ।
पक्राउ परेका सर्वोच्चका अधिकृत विष्टले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले रेशमलाई पक्राउ गर्न पत्र लेखेको प्रहरीसमक्ष बयान दिएका छन् ।
यी समाचारहरू पनि पढ्नुहोस्–
रेशम पक्राउसँगै नाउपाले आजै सरकार छाड्दै

जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी

जनमतसँग पार्टी एकता घोषणा हुने भनिएकै दिन पक्राउ परे रेशम चौधरी
FACEBOOK COMMENTS