काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुने तय भएकै दिन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
दुई पार्टीबीच एकता घोषणाका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रम सुरु हुनुअगावै चौधरी पक्राउ परेका हुन् ।
टीकापुर घटनामा सर्वोच्च अदालतले कारागाभित्रै राख्नु भनेर दिएको पछिल्लो आदेशअनुसार फैसला कार्यान्वयनका लागि उनलाई नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS