काठमाडौं । ज्योति विकास बैंकका स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार (माघ २३ गते) बसेको सञ्चालक समितिको ५०९ औं बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी सोही दिनदेखि लागू हुने गरी बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् ।
वरिष्ठ अधिवक्ता रेग्मीसँग नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न कार्यक्षेत्रमा कार्यानुभव पनि छ । कानुन विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकारअन्तर्गत विभिन्न क्षेत्रमा पनि कानुनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् ।
उनी अध्यापकका रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध छन् । नेपाल मध्यस्थता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् । रेग्मीले बैंकिङ कानुन तथा संस्थागत सुशासनसम्बन्धी पुस्तक प्रकाशित गर्नुका साथै विभिन्न रिसर्च पेपरहरू एवम् जर्नलहरूमा आलेख प्रकाशित गरेका छन् ।
रेग्मीको लामो कार्यानुभव तथा विषयगत कुशलता र दक्षताले बैंकलाई थप सबल तथा सफलताउन्मुख मार्गदर्शन प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS