काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरूले जारी राखेको आन्दोलनका बीच शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
उनले आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुने सम्भावना छ ।
आन्दोलनको नेतृत्वकर्ता शिक्षक महासङ्घसँग बारम्बार संवादपछि पनि निचोड निस्कन नसकेपछि मन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
FACEBOOK COMMENTS