असोज ५, काठमाडौं ।। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले सरकारबाट विभूषण प्राप्त पूर्वपदाधिकारी तथा नवनिर्वाचित आइक्यान पार्षदहरुलाई सम्मान गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्षद तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले गरेका हुन् ।
कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवाश्री पदकद्वारा विभुषित भएका नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ तथा संस्थाका पूर्वअध्यक्ष नारायण बजाज, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंलाई सम्मान गरीएको थियो ।
FACEBOOK COMMENTS