पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट वसन्त गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
शनिबार सम्पन्न अधिवेशन तथा निर्वाचन प्रक्रियाबाट संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा निर्वाचित भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनील बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष विश्वराज पौडेल पदेन सदस्य रहनेछन्।
पर्यटन नगरी पोखराको व्यावसायिक सुरक्षा, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन तथा रेष्टुरेण्ट व्यवसायका समसामयिक समस्याको समाधानका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका खेल्ने विश्वास अधिवेशनले व्यक्त गरेको छ।

रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष पोखरामा सडक महोत्सवसमेत आयोजना गर्दै आएको छ।