काठमाडौँ । प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै कांग्रेसका आठ सांसदले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइ पुस २ गते हुने भएको छ।
सोमबार दर्ता भएको रिटको सुनुवाइका लागि मंसिर २ गते सुनुवाइ हुने गरी पेशी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दियो।
भदौ २३ र २४ गते भएको जनेजी आन्दोनको कारण संविधान विपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी उनकै सिफारिसमा भदौ २७ गते संसद विघटन गरिएको थियो।
ती निर्णयलाई बदर गर्न माग गर्दै कांग्रेसको विघटित संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, आशा विक, दीपक खड्का, सिता कुमारी राना, नगिना यादव, शान्ति विक, जबेदा खातुन र श्रवणकुमार श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दायर गरेका छन्।