कार्तिक ९ काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको हो ।
त्यसो त यसै दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
आज २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुदा कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको छ ।गत सोमबार ८७ अंकले बढेको बजारमा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको थियो ।
खरिदबिक्री रकममा ४४ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित कामना सेवा विकास बैंक अग्रस्थानमा रहेको छ ।
आज मंगलबार यसको लाभांश सुरक्षित गर्ने दिन पनि हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र एनआइसी एसिया बैंक परेका छन् । २० कम्पनीको भाउ ९५ भन्दा माथिदेखि सर्किट लाइनसम्म वृद्धि भएको छ । सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी होटेल तथा पर्यटन, फाइनान्स र हाइड्रोपावर समूह बढेका छन् ।
FACEBOOK COMMENTS