काठमाडौँ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आबद्धताको शुभारम्भ गरिएको छ ।
बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्यसचिव एकनारायण अर्यालबाट राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा अन्तर आबद्धताको शुभारम्भ गरेका हुन् ।
राजस्व व्यवस्थापन सूचना प्रणालीको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस र फेसलेस बनाउनुका साथै
चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गै डिजिटल इकोनोमीको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा सरकारले लिएको छ ।
यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अली पे लगायतका इन्टरनेसनल कार्ड नेटवर्कमा आबद्ध कार्डहरू मार्फत सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । यसले त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूले सहजरुपमा यो सेवा लिन सुरु भएको छ ।
यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरूमा पनि विस्तार हुँदै जाने बताइएको छ ।
FACEBOOK COMMENTS