काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी पार्टी गठन गर्ने प्रयासबाट अन्तिममा छाड्नेहरूप्रति कुनै गुनासो नरहेको टिप्पणी गरेका छन् ।
नयाँ दल दर्तापछि पहिलो पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अन्तिम समयमा आएर आफ्नो साथ छोड्नेहरूप्रति यस्तो टिप्पणी गरेका हुन् ।क्रान्तिकारीहरु कहिल्यै थाक्दैनन्, तर थाक्नेहरू थाकिरहन्छन्, त्यस्ताहरुप्रति मेरो कुनै गुनासो छैन’ अध्यक्ष नेपालको भनाइ छ । गत चैत ४ र ५ गतेको भेलाले नै नयाँ क्रान्तिकारी पार्टी बनाउने अठोट गरेको र त्यसबेला धेरै साथीहरुले साथ दिएपनि पछि ओलीतिर लागेको भन्दै कसैले छोडे पनि आफु पछि नफर्कने बताए ।
FACEBOOK COMMENTS