काठमाडौं । किङ फुड्स प्रालिले नयाँ ‘मिठास टुकुचे १४०१’ लामो दानाको बासमती चामल सार्वजनिक गरेको छ ।
उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष रूपमा आयात गरिएको यो १४०१ स्टिम बासमती चामल उत्कृष्ट वासना, लामो दाना र विशेष स्वादमा उपलब्ध रहेको र नेपाली परिकारहरूमा यसको स्वादले नयाँ उचाइ दिने विश्वास कम्पनीको छ ।
मिठास टुकुचे १४०१ अहिले देशभरका भाटभटेनी सुपरमार्केट स्टोरहरूमा एक केजी, पाँच केजी र २० केजीको प्याकिङमा उपलब्ध छ । यसका साथै उपभोक्ताले आफ्नो नजिकको थोक बजारहरूबाट पनि यो चामल खरिद गर्न सक्ने बताइएको छ ।
निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्टमा पनि यो चामल उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता छ ।
नेपाली उपभोक्ताबीच १५ वर्षभन्दा बढी समयदेखि प्रिमियम गुणस्तरीय बासमती चामलको लागि विश्वासिलो बनिसकेको किङ फुड्स प्रालिले ‘मिठास’ र ‘महारानी’ जस्ता लोकप्रिय बासमती ब्रान्डहरू वितरण गर्दै आएको र नेपाली बजारमा शुद्ध, भरपर्दो तथा गुणस्तरीय चामल आपूर्ति गर्दै आएको १५ वर्ष लामो यात्रामा आफ्नो विश्वास र गुणस्तर स्थापित गरिसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS