काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ व्यवसायलाई कानुनी मान्यता दिएपछि सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलित छन् । उनीहरूले आज सोमबारदेखि देशभर यातायात सेवा ठप्प पार्दै अनिश्चितकालीन आन्दोलन सुरू गरेका छन् ।
सार्वजनिक यातायात व्यवसायीहरूको आन्दोलनका कारण सर्वसाधारण यात्रु मारमा परेका छन् । आज बिहानैदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचल्दा सर्वसाधारण यात्रुहरूलाई आफ्नो गन्तव्यसम्म पुग्न समस्या भएको छ ।
यसैबीच, यही मौकाको फाइदा उठाउँदै राइड शेयरिङ व्यवसायीहरूले लुट मच्चाएका छन् । सार्वजनिक यातायात व्यवसायीहरूले गरेको आन्दोलनको मौकामा मोबिलिटी सेवाप्रदायक कम्पनी इनड्राइभ, पठाओलगायतले यात्रुहरूसँग विगतमा भन्दा दोब्बर भाडा असुल गरिरहेका छन् ।
राइड शेयरिङलाई कानुनी मान्यता दिने गण्डकी प्रदेश सरकारको निर्णयले आफैँलाई सहयोग पुग्ने अवस्थामा व्यवसायीहरू उल्टो बाटो हिँडेका छन् । सार्वजनिक यातायात व्यवसायीहरूले यातायात बन्द गरेर यात्रुलाई मर्कामा पार्दा सहज र सुलभ सेवा दिएर सेवक प्रमाणित गर्ने सुनौलो अवसरमै राइड शेयरिङ व्यवसायीले विगतमा भन्दा दोब्बर बढी भाडा असुलेर आफूलाई लुटेरा प्रमाणित गरेका छन् ।
FACEBOOK COMMENTS