काठमाडौं । रिडी पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले फागुन १८ गतेदेखि १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले माघ २२ गते बुक क्लोज गरेको छ । माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालदयबाट आवेदन दिन सकिनेछ । यस्तै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS