काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता लिलामीको सेयरमा २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको अनुसार आगामी आइतबार कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ । कम्पनीले पुस १३ गतेदेखि सेयर लिलामीमा ल्याएको थियो । हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । लिलामीमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद निष्कासन गरेको थियो ।
जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र नागरिक लगानी कोष रहेका छन् ।
FACEBOOK COMMENTS