काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीका लागि खुला गर्ने भएको छ ।
कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्तामा मात्रै आवेदन परेको थियो । उक्त अवधिमा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो ।
यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन पाउनेछन् । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिनेछ ।
माघ ९ देखि माघ २३ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS