काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले आजदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
सेयरमा न्यूनतम १०० देखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । आवेदन माघ २३ गतेसम्म दिन सकिने छ ।
कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी रहेको सेयर लिलामी गर्न लागिएको हो ।
FACEBOOK COMMENTS