काठमाडौं । आजसम्म कायम रहेका दुई कम्पनीका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावर कम्पनीका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
दुवै कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने भएका छन् ।
बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको छ । यसले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
लिवर्टी इनर्जीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले ७५ लाख कित्ता हकप्रद जारी गर्न लागेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS