काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चैत २९ गतेका लगि वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले सभामा शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS