काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आजदेखि १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले १ः१.५ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले साउन १ गते बुक क्लोज गरिसकेको छ । असार ३१ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । आवेदन भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । आवेदन बिक्री प्रबन्धकका साथै प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखाबाट आवेदन दिन सकिन्छ ।
यस्तै धितोपत्र बोर्डबाट आस्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS