काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयरमा जेठ २२ गतेदेखि असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । वैशाख २७ गते बुक क्लोज गरिसकेका कारण २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । हकप्रद सेयरमा लक्ष्मी क्यापिटलका साथै हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यस्तै धितोपत्र बोर्डबाट सीआस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS