काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै हकप्रद सेयरमा आवेदन दिन पाइने छ ।
कम्पनीले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १ः१ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँका दरले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको छ ।
लागि कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयरका बिक्री प्रबन्धक एनआइएमबि क्यापिटलका कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS