काठमाडौं । नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।
कम्पनीलाई हकप्रसद सेयर निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ को अनुपातमा हुनेगरी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो ।
यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापीटल छ ।
FACEBOOK COMMENTS