काठमाडौं । तेह्रथुम पावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि भन्दै जेठ ५ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासन पछि ८० करोड रुपैयाँ पुग्नेछ ।
यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
FACEBOOK COMMENTS