काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले १०० रुपैयाँका दरले ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद सेयर निष्कासन पछि २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल छ ।
FACEBOOK COMMENTS