काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले शिवश्री हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृती पाएको छ ।
शिवश्री हाईड्रोवारको हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS