काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ ।
कम्पनीले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । तोकेको समयमा माग अनुसार आवेदन नपरेपछि समय थपिएको हो । अब भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको छ । असार ५ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS