काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ ।
कम्पनीले चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद निष्कासन गरेको छ । अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले २३ करोड १० लाख रुपैयाँ २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्काशनका लागि फागुन १७ गते बुकक्लोज गरेको छ । फागुन १४ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ। हकप्रद सेयरमा बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ छ। हकप्रद निष्कासन पश्चात २ अर्ब ५४ करोड १० लाख रुपैयाँ हुनेछ ।
