काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । त्यसका लागि साउन १४ गते बस्ने विशेष साधारण सभामा प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ ।
विशेष सभाबाट प्रस्ताव पारित गरेर धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद सेयर जारी हुनेछ । १४ गते हुने सभाका लागि साउन ५ गते बुक क्लोज गर्ने भएको छ । साउन ४ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS