काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँमा १ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
कात्तिक ३ गते बुक क्लोज गरेको भएर कात्तिक २ गतेसम्म कायम रहेको सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयरमा लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । मुक्तिनाथ क्यापिटल, घलेम्दी हाइड्रोपावरका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिनेछ ।
सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS