काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले असार २७ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ छ । हकप्रद सेयर जारी पश्चात ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS