काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेशन कनक्लेभ २०२४’ सम्पन्न भएको छ ।
गत वैशाख २९ गतेदेखि काठमाडौंबाट सुरु भएको कनक्लेभ धनकुटा, हेटौंडा, चितवन, बुटवल, दाङ हुँदै मंगलबार ललितपुर आएर सम्पन्न भएको हो ।
उक्त कनक्लेभमा सात हजार भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको राइटपाथ करियर काउन्सिलिङका सीईओ फिलिप डीसीले जानकारी दिए । ‘ग्राण्ड एजुकेशन कन्क्लेभमा सात हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । यस कार्यक्रममा उच्चशिक्षा हासिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सही सूचना उपलब्ध गराउन सफल भयौँ भन्ने हामीले विश्वास लिएका छौं,’ सीईओ डीसीले भने, ‘हामीले यस कन्क्लेभ सुरु गर्दैगर्दा करिब पाँच हजार विद्यार्थीमाझ पुग्न सक्छौं भन्ने उद्देश्य राखेका थियौं तर हामी लक्ष्यभन्दा पनि धेरै विद्यार्थीहरु माझ पुग्न सफल भएका छौं ।’
फेयरमा सहभागी विद्यार्थीले विभिन्न युनिभर्सिटीको स्कलरसिप, ६ हजार पर्ने आइएलटीएस मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफरसहित प्रोसेसिङ्ग शुल्कमा सतप्रतिशत छुट प्राप्त गरेका छन् । साथै विद्यार्थीले फ्रि मुभी टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गरेको डीसीको भनाई छ ।
‘हामीले परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उद्देश्य राखेर यस कायक्रमको आयोजना गरेका थियौं,’ सीईओ डीसीले भने, ‘जुन उपलब्धिमूलक रह्यो भन्ने विद्यार्थी तथा अभिभावक हरुको उत्साहजनक सहभागीताले पनि पुष्टि गरिसकेको छ ।’
FACEBOOK COMMENTS