काठमाडाैँ- नेपाल धितोपत्र बोर्डले लिबर्टी इनर्जी कम्पनी लिमिटेडको प्रस्तावित हकप्रद स्वीकृत गरेको छ। बोर्डले लिबर्टीलाई एक सय कित्ता बराबर ५० कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्काशनको अनुमती दिएको हो।
लिबर्टीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर विक्री गर्नलाई बोर्ड समक्ष प्रस्ताव गरेको थियो।
यस अवधिमा लिबर्टीको चुक्तापूनी डेढ अर्ब रहको छ। ५० प्रतिशत हकप्रद शेयर बिक्रि वितरण पश्चात लिबर्टीको चुक्तापूंजी २ अर्ब २५ करोड पुग्नेछ।
हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ।
FACEBOOK COMMENTS