काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले मुलुक फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गए पनि पर्याप्त नभएको बताएका छन् ।
भृकुटीमण्डमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ को उद्घाटन गर्दै यस्तो बताएका हुन् । आयात मुलुकका लागि सुखद विषय नभएको भन्दै उनले फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि विद्यमान कानुनी व्यवस्था संशोधनका लागि सरकारले पहलकदमी लिने आश्वासन दिलाए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्वदेशमा वर्षेनी अर्बौको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनहरुमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे । उनले उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुग्दा मुखदर्शक भएर नबस्न पनि सरकारको ध्यानाकर्षण गराए ।
राज्यले साथ सहयोग नगरेका कारण उद्योगी व्यबसायी यो मुलुकमा बस्न सक्ने अवस्था नभएको बताए । कोरोनाको समयमा मौद्रिक नितिका कारण बैकहरुले केही सहयोग गरेको उनको भनाइ छ । कोरोनापछि राज्यले लिएको नितिका कारण समस्या भयो । दशै नजिक आएपनि आयात नबढेको उनको तर्क छ । यस्तो अवस्थामा राज्यले चासो नदिएको उनको धारणा छ ।
वन ऐन, नितिले के चाहेको हो थाहा पाउन नसकेको उनको भनाइ छ ।
विदेशबाट आयात हुने काठ प्रयोग गर्नु भन्दा स्वेदेशको बढि प्रयोग गर्ने नीति लिनु पर्ने उनको तर्क छ । नेपालमा फर्निचर उद्योगले काठ नपाउने समस्या रहेको बताए । उद्योगले काठ लिन अरुको भर पर्ने अवस्था तत्काल समाधान गर्न वन मन्त्रालयमा डेलिकेशन जान तयार हुनपर्ने बताए ।
एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश कुमार अग्रवालले अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताए । उनले वर्षौ पहिले तर्जुमा भएका कानुन तथा नीति नियमलाई समय सापेक्ष सुधार गर्दै उद्योग व्यवसाय प्रवद्र्दन गर्न सरकारसँग आग्रह गरे ।
अर्थतन्त्र चलायमान बनाउन एक्स्पोको आयोजना गरिएको बताएका उनले राज्यले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै आर्थिक कृयालाप बिस्तार गर्नुपर्नेमा जोड दिए । मेलामा १०० भन्दा बढी स्टलहरु रहेका छन् । मेलामा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत बिश्व प्रयात ब्रान्ड रहेको छ । मेला ५ दिनसम्म चल्ने छ ।
FACEBOOK COMMENTS