काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पूर्वी नवलपरासीको हुप्सेकोट गाँउपालिकास्थित धौवादी फलाम खानिको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।
खानिबाट आइरनरस्टील उत्पादन गर्नका लागि चार वर्ष अघि स्थापना भएको धौवादी फलाम कम्पनि लिमिटेडको स्थापना भएको थियो । यस क्षेत्रमा काम गर्ने प्रविधि तथा दक्ष जनशक्तिको अभाव तथा सीमित श्रोत साधनका वाबजूद पनि हालसम्म कम्पनीले गर्दै आएको प्रयास सह्रानीय रहेको मन्त्रि रिजालले स्पष्ट पार्नु भएको छ ।
उद्योगहरुको समुचित विकास नभई देशको आर्थिक तथा सामाजिक स्तर उकास्न नसकिने बताउँदै मन्त्री रिजालले देशमा आयातित वस्तुहरुको मात्रा अत्यधिक हुँदा व्यापार घाटा दिन प्रतिदिन बढी रहेको तथा संचित वैदेशिक मुद्रामा व्यापक असर परिरहेको बताउँदै देशमा रोजगारीको समुचित व्यवस्थापन नहुँदा युवाहरु दिन दिनै बिदेशिनु परेको यथार्थ उल्लेख गरे ।
यस्तो असामान्य परिस्थितिमा धौबादी फलामखानी भण्डारको अधिकतम् सदुपयोग गर्न फलामरस्टील उद्योग स्थापना गरि फलामजन्य बस्तुको मागको करीव एक चौथाई हिस्सा परिपूर्ति गर्ने र यसबाट देशको व्यापार घाटा कम गर्न मदत पुर्याउनुका साथै वैदेशिक मुद्रा संचितिमा समेत वृद्धि हुने मन्त्री रिजालले व्यक्त गरे ।
हाल देशमा उत्पादन भईरहेको विद्युतको उद्योगीकरण कार्यका समुचित उपयोग हुन जरूरी रहेको उल्लेख गर्दै मन्त्री रिजालले भविष्यमा वातावरणीय प्रभाव न्युनीकरणका लागि बढी कार्वन उत्सर्जन गर्ने फोसिल्स फिउल्स लाई विस्थापित गरि हाईड्रोजन इनर्जी श्रोतलाई सदुपयोग गरी ग्रिन स्टिल उत्पादन गर्ने लक्ष्य हासिल गर्न सकिने बताए ।
साथै, मन्त्री रिजालले धौवादी फलाम कम्पनिको स्थापना पछि स्थानीय युवाहरूलाई रोजगारी सृजना तथा राजस्वमा समेत वृद्धि हुने अपेक्षा व्यक्त गरे । धौवादी फलाम कम्पनि लिमिटेड फलाम उत्पादन क्षेत्रमा कोशेढुंगा सावित हुने विश्वास समेत मन्त्री रिजालले व्यक्त गरे ।
FACEBOOK COMMENTS