आश्विन २ , काठमाडौँ । प्रायजसो सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु हो प्याज तेही प्याजको भाउ फेरि एकपटक महँगो हुने जोखिम बढेको छ ।नेपाली बजारमा पाइने सुकेको प्याज ठूलो संख्यामा भारतबाट आयात हुने गरेको छ ।
भारत प्याजमा संसारकै ठूला निर्यातकर्तामध्ये एक हो । तर मनसुनका कारण प्याजको बाली तयार हुन समय लागिरहेको भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरू बाट प्रकाशित भइरहेको यस अबस्थामा मनसुन का कारण प्याजको भाउ फेरि एकपटक आकासिन सक्ने जोखिम देखा परेको छ ।
क्रिसिल रिसर्चको रिपोर्टअनुसार २०१८ को तुलनामा प्याजको मूल्यमा करीब १०० प्रतिशतसम्म वृद्धि हुनसक्छ । मानसुनका कारण महाराष्ट्रमा प्याजको बालीको रोपाईमा समस्या आएको कारणले यसपाली एक(पाँच प्रतिशतसम्म प्याजको उत्पादन घट्ने अनुमान गरिएको छ । विगतमा भारतले आफ्नो मुलुकमा प्याजको आपूर्ति कम भएपछि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्याजको मूल्य प्रति किलो औषतमा ४३ रुपैयाँ छ । अहिले सेप्टेम्बरमा पानी अधिक परेकाले किसानले समस्या झेलिरहेको कारणले जति प्याजको रोपाइमा ढिलाइ हुन्छ, त्यति प्याजको भाउ बढ्नेछ भन्ने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS