काठमाडौं । अध्यक्ष, नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालमा मोबिलिटी क्षेत्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताएकी छिन् ।
नाइमाले आजदेखि भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो, २०२५’ लाई सम्बोधन गर्दै उनले नेपालको अटो क्षेत्रको वृहत्तर विकासका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताएकी हुन् ।
उनले नीतिगत स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहने चर्चा गर्दै मुलुको विकासका निम्ति उचित वातावरण बनाइदिन राजनीति नेतृत्वहरूलाई आग्रह गरिन् । उनले गुणस्तरीय सडक पूर्वाधार विकास, सहरी पूर्वाधार विकास र काठमाडौंभित्र सुविधासम्पन्न प्रदर्शनीस्थल निर्माणमा जोड दिएकी छिन् ।
हेर्नुहोस् भिडिओ–
यो पनि पढ्नुहोस्–
भृकुटीमण्डपमा तीन वर्षभित्रै अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्छौँ : अर्थमन्त्री पौडेल (भिडिओ)
FACEBOOK COMMENTS