चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।
आइतबार राति करिब ७:२० बजे इच्छाकामना गाउँपालिका-६, नौ किलोमा सडक चिरा परी छेउमा लगाएको जालीको भाग भासिएको थियो । सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।
रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
FACEBOOK COMMENTS