किमाथाङ्का (सङ्खुवासभा । सुक्खा पहिरोले अवरूद्ध उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका-३, सेम्बुङमा खाँदबारी-किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ । भोटखोला-३, सेम्बुङ डाँडास्थित खाँदबारी-किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए ।
शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरूद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर-दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए ।
सडक अवरूद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरूद्ध हुने गरेको छ ।
FACEBOOK COMMENTS