बनेपा । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डमा रहेको पुण्यमाता खोलाको पुल भँच्चिाँदा सडक अवरुद्ध भएको छ ।
बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
यो सडक काठमाडौं आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ मा निर्माण भएको सो पुल ४५ वर्षपछि भाँचिएको छ ।
पुल भाँचिएर सडक अवरुद्ध बनेपछि काठमाडौं जाने र बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।
FACEBOOK COMMENTS