काठमाडौं । वर्षापछि पहिरोका कारण देशका प्रमुख ९ सडकखण्ड अवरुद्ध छन् । सङ्खुवासभाको खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग असार ६ गतेदेखि अवरुद्ध छ भने बीपी राजमार्ग साउन १८ गतेसम्म रातिमा बन्द गरिएको छ ।
अवरुद्ध रहेका प्रमुख सडकखण्ड–
१– सङ्खुवासभाको भोटखोला–४ स्थित बरुणखोलामा बाढी आई ह्युमपाइप बगाएको हुँदा खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अबरोध भएको छ । वर्षातको अवधिभर सुचारू हुन नसक्ने ।
२– बीपी राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौं जाने सडक हाल देशमा मनसुन सक्रिय भएकोले वर्षातका कारण विपदको घटना हुन नदिनको लागि असार २१ गतेदेखि साउन १८ गतेसम्म बेलुका ६:३० देखि बिहान ५ बजेसम्म सिन्धुली खुर्कोटबाट काठमाडौं जाने आउने दुबैतर्फका सार्वजानिक तथा नीजि सवारीसाधनलाई आवागमनमा रोक लगाईएको छ ।
३– रुकुम पश्चिमको आठबीसकोट–६ रिजिगार खोलामा जाजरकोट–डोल्पा–भेरी करिडोर सडकखण्ड असार ९ गतेदेखि रिजिगार खोलामा पानीको बहाव बढेकोले जाजरकोट–डोल्पा–भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरोध भएकोछ र पानीको बहाव घटेपश्चात् मात्र सडक सञ्चालन हुनेछ ।
४– ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ सडक असार १० गते देखि अर्को सूचना नआएसम्मको लागि बेलुका ७ बजदेखि बिहान ६ बजेसम्मको लागि सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
५– काठमाडौं–फर्पिङ–कुलेखानी सडकखण्डको फर्पिङबाट हात्तिगौंडासम्मको सडक निर्माणको लागि असार १२ गतेदेखि २५ गतेसम्म बन्द रहने हुँदा उक्त मार्गमा चल्ने सवारीसाधनहरूलाई वैकल्पिक सडक प्रयोग गर्नको लागि अनुरोध गरिएको छ ।
६. बाजुराको बडिमालिका–७ ढम्कने भासुपातल मार्तडी–कोल्टी कच्ची सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । असार १९ गते बडिमालिका–७ को ढम्कने भासुपातल मार्तडी–कोल्टी कच्ची सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको र सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
७– जाजरकोटको छेडागाड–३ दखेरी भिर गिट्टिखोलास्थित मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । असार २१ गते छेडागाड–३ को दखेरी भिर गिट्टिखोलास्थित मध्यपहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको छ ।
८– काभ्रेको बनेपा–४ उग्रचण्डी ग्यास प्रालि अगाडि बनेपा नाला र भक्तपुर सडकखण्ड अवरुद्ध भएको छ । असार २२ गते बनेपा नाला र भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा राखिएको ह्युमपाइप खोलाको पानीको बहावले ह्युम पाइपमाथि बिछ्याइएको माटो बगाई बाटो पूर्ण रूपमा अवरोध भएको, सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
९– म्याग्दीको बेनी–४ घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । असार २३ गते म्याग्दीको बेनी–४ घुमाउने भिरस्थित बेनी–दरबाङ सडकखण्डमा सडकमाथिबाट लेदो माटोसहितको पहिरो खसी सडक पूर्ण रूपमा अवरुद्ध भएको र सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS