काठमाडाैं । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गएराति ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमाना सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदोसमेतको बाढी आएपछि सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार उक्त बाढीले सडकको भाग खोलेर गहिरो बनाई अन्दाजी १० मिटर सडक क्षति गरेको छ ।
डिभिजन सडक कार्यालयको एस्काभेटरले सडक मर्मतको काम गरिरहेको छ ।
FACEBOOK COMMENTS