बनेपा । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा आजदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि साँझ ५ बजेसम्म एक महिनाका लागि राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
हाल मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुन सक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।
यसअघि असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समितिको अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरूमा असार ७ गतेदेखि साँझ ६:३० बजेदेखि बिहान ६ बजेसम्म र पछि असार मसान्तसम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
FACEBOOK COMMENTS