बिहानदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध
कर्पोरट खबर
7:00 am, शुक्रबार, वैशाख २५, २०८३
- नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइनखोलामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
- पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको छ।
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।
उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ ।
सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।