काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको नाम्सी पुलमा माथिबाट ढुंगाहरू खस्दा आवागमन एकतर्फी अबरुद्ध बनेको छ ।
ढुंगा निरन्तर झरिरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । खसेको ढुंगाहरू हटाउनका लागि उक्त स्थानमा मेशिन उपकरण परिचालन भइसकेको कार्यालयले जनाएको छ ।
रातको समयमा उक्त सडक खण्ड हुँदै यात्रा गर्दा सावधानीपूर्वक सुरक्षित यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ ।