काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९, घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आइतबार बिहान सवा सात बजे उक्त स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार दुर्घटनामा १३ जना पुरूष र ४ जना महिला घाइते भएका छन् । घाइतेहरूमध्ये ५ जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य छ ।
घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ ।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
घाइतेहरूको नामावली र अवस्था
१. कन्चनपुरको भीमदत्त नगरपालिका-१० बस्ने ४० वर्षीया तारा भट्ट – सामान्य
२. कैलालीको लम्किचुहा नगरपालिका-३ बस्ने २३ वर्षीया हरिकला थापा – सामान्य
३. कैलालीको लम्किचुहा नगरपालिका-३ बस्ने १९ वर्षीय कैलाश विक – सामान्य
४. कैलालीको लम्किचुहा नगरपालिका-३ बस्ने २७ वर्षीया कृष्ण विक – सामान्य
५.कैलालीको लम्किचुहा नगरपालिका-३ बस्ने ३५ वर्षीया जयन्ती विक – मध्यम
६. कन्चनपुरको भीमदत्त नगरपालिका-८ बस्ने ३७ वर्षीय दिलबहादुर सुनार – सामान्य
७. कन्चनपुरको कन्चनपुर नगरपालिका-३ बस्ने २३ वर्षीय समिदेवल राना – मध्यम ।
८. कैलालीको गोदावरी नगरपालिका-१२ बस्ने ३७ वर्षीय शेरबहादुर विष्ट – सामान्य
९. बझाङको वित्थडचिर गाउँपालिका-४ बस्ने २२ वर्षीय वसन्त बोहोरा – मध्यम
१०. कन्चनपुरको भीमदत्त नगरपालिका-१७ बस्ने ३४ वर्षीय धरम खड्का – सामान्य
११. कन्चनपुरको भीमदत्त नगरपालिका-१० बस्ने २० वर्षीय दिपेश भट्ट – सामान्य ।
१२. दार्चुलाको महाकाली नगरपालिका-६ बस्ने २३ वर्षीय लक्ष्मण बम – मध्यम
१३. कन्चनपुर भीमदत्त नगरपालिका-९ बस्ने २५ वर्षीय भीमसेन सार्की – सामान्य
१४. बैतडीको दशरथचन्द नगरपालिका-२ बस्ने ३७ वर्षीय जनक बिजाली – सामान्य
१५. कन्चनपुरको भीमदत्त नगरपालिका-४ बस्ने २३ वर्षीय विनोद सार्की – सामान्य
१६. डडेलधुराको गन्यापधुरा गाउँपालिका-३ बस्ने ३३ वर्षीय देवबहादुर भुल – सामान्य
१७. चितवनको भरतपुर महानगरपालिका-५ बस्ने २५ वर्षीय विपिन न्यौपाने – मध्यम ।
FACEBOOK COMMENTS