काठमाडौं । सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।
काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे।
नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए। राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ।
आफूहरूका लागि वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म माइतीघरमा आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्।

दृष्टिविहीनहरूलाई योग्यता र क्षमताको आधारमा भत्तासहित रोजगारीको व्यवस्था गर्नुपर्ने उक्त समूहको माग रहेको छ।
